कोरोना संक्रमणबाट भारतमा २ लाख ५० हजारभन्दा बढीको निधन

कोरोना संक्रमणबाट भारतमा २ लाख ५० हजारभन्दा बढीको निधन तरुण खबर २८ बैशाख २०७८, मंगलवार ११:२२
कोरोना संक्रमणबाट भारतमा २ लाख ५० हजारभन्दा बढीको निधन

भारतमा १४ लाखभन्दा बढीको परीक्षण, ३ लाख २९ हजारभन्दा बढी संक्रमित
काठमाडौं । वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा ९१०, मे० मा १४ लाख ७४ हजार ६०६ जनाको नमुना परीक्षण गर्दा ३ लाख २९ हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ९, मेमा १८ लाख ६५ हजार ४२८ जनाको नमुना परीक्षण गर्दा ३ लाख ६६ हजार ४९९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । भारतमा पछिल्लो २४ घण्टा ९१०, मे० मा कोरोना संक्रमणबाट ३ हजार ८७९ जनाको निधन भएको छ । ९,मेमा कोरोनाको संक्रमणबाट ३ हजार ७४८ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार बैशाख २८ गते मंगलबार बिहान ७।३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २९ लाख ९१ हजार ९२७ जना छन् । भारतमा १ करोड ९० लाख २१ हजार २०७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै ३७ लाख २० हजार ६९५ जना पुगिसकेका छन्, यो संख्या क्रमशः घट्दै गएको छ । बैशाख २८ गते मंगलबार बिहान ७।३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये २ लाख ५० हजार २५ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।