लामिछानेको नागरिकता छानबिन माग गर्दै प्रदर्शन

लामिछानेको नागरिकता छानबिन माग गर्दै प्रदर्शन तरुण खबर ११ पुष २०७९, सोमबार १८:२९
लामिछानेको नागरिकता छानबिन माग गर्दै प्रदर्शन

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका नेता पक्राउ परेका छन् । शीतल निवासभित्र लामिछानेले गृहमन्त्रीको शपथ लिइरहँदा बाहिर भने नेविसंघले नागरिकता छानबिन माग गर्दै प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी, विनोद शाही ठकुरी र विक्रम आदित्य गिरी पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।