तरुण खबर
२९ बैशाख २०७८, बुधबार १४:०६
नेपालको अबस्था नियन्त्रण बाहिर जादै
काठमाडौं । कोरोनाभाइरस महामारीको गम्भीर चपेटामा परेका बेला नेपालमा खोप अभियानसमेत केही सातायता अवरुद्ध बनिरहेको छ । तर अब जेठ २ गतेदेखि उक्त अभियान फेरि सञ्चालन गरिने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुखले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप लगाउनेबारे सूचना सार्वजनिक भएको थियो । खोप काठमाडौं महानगरपालिका, किर्तिपुर,चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा लगाइनेछ । खोप १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरूलाई लगाइने छ ।
वैशाख १६ गतेदेखि लकडाउन लागु भएपश्चात् खोप अभियान स्थगित भएको थियो । खोप केन्द्रहरूमा अचाक्ली भिड देखिएपछि चिन्ता बढेको थियो एक सरकारी अधिकृतले तरुणसँग भने । २ करोड ९५ लाख ८५ हजारभन्दा बढी जनसंख्या भएको नेपालमा हाल खोपको दुवै मात्रा लिइसकेका मानिसहरूको संख्या ३ लाख ७० हजार रहेको छ । चिनियाँ भेरोसेल तथा आस्ट्राजेनेका कोभिशील्डको एक मात्रा मात्र लगाएकाहरूको संख्या २४ लाख ८२ हजार रहेको छ । खासगरी कोभिशील्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथि उमेर समूहका मानिसहरूले तोकिएको ८–१२ हप्ताको अन्तरालमा दोस्रो मात्रा पाउन अब कठिन भइसकेको छ ।
अब अवस्था यही कायम रहेको खण्डमा हामी जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गर्छौं, खोप शाखाका प्रमुख झलक गौतमले बताएका छन् । उक्त चिनियाँ खोप चैतको तेस्रो सातादेखि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं ललितपुर र भक्तपुर जिल्लामा वितरण गरिएका थिए । यिनै जिल्लामा पहिलो मात्रा लगाएका २ लाख ८८ हजार मानिसलाई अब दोस्रो मात्रा लगाइने गौतमले बताए । चीनले ८ लाख मात्राको भेरोसेल खोप नेपाललाई अनुदानमा दिएको थियो । उक्त खोपलाई अघिल्लो साता विश्व स्वास्थ्य सङ्गठनले पनि आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
२ करोड ९५ लाख ८५ हजारभन्दा बढी जनसंख्या भएको नेपालमा हाल खोपको दुवै मात्रा लिइसकेका मानिसहरूको संख्या ३ लाख ७० हजार रहेको छ । चिनियाँ भेरोसेल तथा आस्ट्राजेनेका कोभिशील्डको एक मात्रा मात्र लगाएकाहरूको संख्या २४ लाख ८२ हजार रहेको छ ।
२ करोड ९५ लाख ८५ हजारभन्दा बढी जनसंख्या भएको नेपालमा हाल खोपको दुवै मात्रा लिइसकेका मानिसहरूको संख्या ३ लाख ७० हजार रहेको छ । चिनियाँ भेरोसेल तथा आस्ट्राजेनेका कोभिशील्डको एक मात्रा मात्र लगाएकाहरूको संख्या २४ लाख ८२ हजार रहेको छ । अब खोप लगाउने बेलामा भिडभाड नहोस् भन्ने हेतुले केन्द्रहरूको संख्या बढाइने, दैनिक कोटा तोकिने अनि स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरूको सहयोग लिइने गौतमले बताएका छन् । केन्द्रहरूबारे सार्वजनिक जानकारी दिइने उनले बताए ।
भारत सरकारबाट अनुदानमा आएको १० लाख, सिरम इन्स्टिच्यूटसँग किनेको १० लाख र खोपसम्बन्धी विश्वव्यापी अभियान ’कोभ्याक्स’बाट उपलब्ध भएको तीन लाख ४८ हजार गरी अहिलेसम्म झन्डै साढे २३ लाख कोभिशील्ड खोप नेपाल भित्रिएको छ । भारतीय सेनाले नेपाली सेनालाई छुट्टै १ लाख मात्रा कोभिशील्ड खोप पनि दिएको छ । तीमध्ये करिब पाँच लाखले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् भने अधिकांशले एक मात्रा मात्र लगाएका छन् । खोपको अभावका कारण उनीहरूले दोस्रो मात्रा लगाउने योजना अझै अनिश्चयमै रहेको छ । तर अब सरकारले आफ्नो स्टकमा बाँकी रहेको कोभिशील्ड प्राथमिकता तोकेर ७७ वटै जिल्लामा पठाउन लागेको खोप शाखाका प्रमुख झलक गौतमले बताए । “थोरै थोरै मात्रामा सबै जिल्लामा पठाउँछौँ ।
दुई मात्रा खोपको अन्तराल बढ्दो ?
दुई मात्रा खोपको अन्तर बढ्दा कस्तो प्रभाव पर्ला ? यो प्रश्नको उत्तर सहज छैन । अन्तराल बढ्दा हुने असरबारे भरपर्दा वैज्ञानिक जबाफ अहिलेसम्म उपलब्ध छैनन् । तर पहिलो मात्रा खोप मात्र लगाएकाहरूले पनि आत्तिनुपर्दैन । त्यसले पनि शरीरमा केही न केही मात्रामा एन्टीबडी उत्पादन गरेकै हुन्छ । उनीहरूलाई कोभिडको जटिलता हुनबाट रोक्छ र उनीहरूबाट सङ्क्रमण पनि केही कमै हुन्छ गौतमले भने । आगामी दिनमा रुस लगायत खोप उत्पादक सबै देश र कम्पनीबाट पनि सकेसम्म छिटो खोप ल्याउन आफूहरूले पत्राचार, छलफल अनि कूटनीतिक पहल गरिरहेको नेपाली अधिकारीहरूले बताएका छन् ।
नेपालमा संक्रमित र मृतकको संख्या बढ्दो
विगत १५ दिनयता दैनिक संक्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । यसको अर्थ परीक्षण गरिएका प्रत्येक दुईमध्ये एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पाइयो ।
तर मंगलवार त्यसभन्दा पनि धेरै अर्थात् हालसम्मकै सर्वाधिक २२५ जनाको कोभिड–१९ कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । विगत १५ दिनमा एक लाख २३३ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा कोभिड–१९ का कारणले थप ६८३ जनाको ज्यान गएको छ । १५ दिनयता दैनिक औसत मृतकको संख्या ४५ जना हुन जान्छ ।


