प्रधानमन्त्री प्रचण्डद्वारा सचिवालयमा कर्मचारी नियुक्त

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवालयमा कर्मचारी नियुक्त तरुण खबर ६ माघ २०७९, शुक्रबार १८:०७
प्रधानमन्त्री प्रचण्डद्वारा सचिवालयमा कर्मचारी नियुक्त

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गङ्गा दाहाललाई नियुक्त गरिएको छ। यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुङ्गाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई राखिएको छ।

प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन्। प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र पनि दिइसकेका छन्।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा कसैलाई नियुक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए।

प्रधानमन्त्रीले सचिवालय चुस्त दुरुस्त बनाउने बताएका छन्। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते शपथ लिएका थिए।