तरुण खबर
३ जेष्ठ २०७८, सोमबार १०:३३
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी र मानुषी लघुवित्त संस्थाले ३३ करोड ४५ लाख ६७ हजार ९०० रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न अनुमति मागेका छन् । दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेका हुन् । मानुषी लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निश्काशन गर्ने अनुमति मागेको हो ।
घुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यसैगरी दोर्दी खोला जलविद्युत् कम्पनीले पनि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता साधारण शेयर जारी गर्ने अनुमति माग गरेको हो । दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाउनासाथ दुवै कम्पनीले निष्काशन गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।


