शङ्कराचार्य आज काठमाण्डौ आउनुहुँदै

शङ्कराचार्य आज काठमाण्डौ आउनुहुँदै तरुण खबर ४ फाल्गुन २०७९, बिहीबार ११:३६
शङ्कराचार्य आज काठमाण्डौ आउनुहुँदै

काठमाडौं । महाशिवरात्रिका मुख्य पाहुना भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी आज काठमाडौँ आइपुग्दै हुनुहुन्छ ।

तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन १० सदस्यीय टोलीसहित उहाँ काठमाडौँ आउन लाग्नुभएको हो । यस वर्षको महाशिवरात्रि शनिबार परेको छ ।

पशुपति क्षेत्र विकास कोषले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिको अघिल्लो दिनदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शङ्कराचार्य पूजन महोत्सव कार्यक्रममा सहभागी हुन शङ्कराचार्य पशुपतिनाथ आइपुग्ने जानकारी दिए ।

कोषका अनुसार हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शङ्कराचार्यमध्ये उहाँ सबैभन्दा वरिष्ठ व्याख्याता हुनुहुन्छ । शङ्कराचार्यले पहिलो दिन आशीर्वचन दिने कार्यक्रम रहेको छ । पशुपति परिसरमा महाशिवरात्रिका अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम आयोजना हुन लागेको हो ।