तरुण खबर
५ जेष्ठ २०७८, बुधबार १०:५०
काठमाडौं । राजनराज सिवाकोटी र जुनु रिजाल काफ्लेको स्वरमा ’मै मत्ते जवानी’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र गायक सिवाकोटीकै सङ्गीत सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । जहाँ सुनिल क्षेत्री र लोसिना लामिछानेको रोमान्टिक जोडी देख्न सकिन्छ । समिता स्नेह एंटरटेनमेंटले गीतलाई बजारमा ल्याएको हो। समिता स्नेह इन्टरटेन्टमेन्टले दर्जन बढी गीतहरु बजारमा ल्याइसकेको छ । दिपक गिरीले खिचेको म्युजिक भिडीयोमा अमृत चापागाईंको सम्पादन, जोन्सन खत्रीको मेकअप समाबेस छ ।


