तरुण खबर
१३ फाल्गुन २०७९, शनिबार १२:४४
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन् । पार्टीका तर्फबाट नेम्वाङ उम्मेदवार तय भएपछि सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सुवास नेम्बाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाइ, जितिन्छ ।’ फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार हुने निश्चित भएको छ ।


