खोपमाथि लगानी गर्न र अर्थतन्त्र सुचारु गर्न व्यबसायीको माग

खोपमाथि लगानी गर्न र अर्थतन्त्र सुचारु गर्न व्यबसायीको माग तरुण खबर ७ जेष्ठ २०७८, शुक्रबार ११:२२
खोपमाथि लगानी गर्न र अर्थतन्त्र सुचारु गर्न व्यबसायीको माग

काठमाडौं । अर्थविद तथा उद्योगी व्यबसायीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र धरासायी बनेको बताएका छन् । कोरोना विरुद्ध खोप ल्याउन र लगाउँन जोड दिन सरकारसँग आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले सरकारले निषेधाज्ञा लगाएर मात्र कोरोना नियन्त्रण नहुने भन्दै उद्योग व्यवसाय संचालन गर्दै कोरोना नियन्त्रणका लागि तत्काल खोपको जोहो गर्नुपर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । कार्यक्रममा वरिष्ठ अर्थविद् नरबहादुर थापाले नेपाल लगायतका अन्य दक्षिण एसियाली देशहरुमा कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको बताए ।

उनले भने– कतिपय मुलुकले कोरोना महामारीको धक्काबाट अर्थतन्त्रलाई जोगाउन सफल भएका छन् । कोरोना महामारीले नेपालमा २७ लाख नेपाली नागरिक बेरोजगार बनेको जानकारी दिदै अगाडि भने– नेपालमा खर्च हुन नसकेको ३ सय ४५ अर्ब रकम नेपाल राष्ट्र बैंकमा रहेको छ ।

अब आउन लागेको अर्थनीतिमा स्वास्थ्य सुरक्षा, अर्थतन्त्रलाई कसरी बलियो कृषि र उद्योगलाई जोड्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा वरिष्ठ व्यवसायी एवं चेम्बर अफ कमर्शका उद्योग समिति सभापति भिमलाल पौडेलले कोरोनाका कारण चीनबाट सामानहरु ल्याउन डेढ वर्षदेखि बन्द रहेको बताए । पौडेलले अहिले केहि उद्योगहरु सञ्चालन रहेपनि कच्चा पदार्थका कारण बन्द भएको जानकारी दिएका थिए ।

पौडेलले उद्योगीहरुलाई बैंकको व्याज र स्टाप, मजदुरलाई पेमेन्ट गर्नुपर्ने हुँदा अहिले उद्योहरुको अवस्था भयावह अवस्थामा पुगेको छ । विभिन्न सेक्टरमा बैंकसम्म लोन थप्ने, थपेको लोनबाट व्याज तिर्ने, केही कर्मचारीलाई पेमेन्ट गर्ने अवस्था रहेको व्यवसायी पौडेलले बताए । सरकारले उद्योगी, व्यवसायीका समस्या कसरी समाधान गर्ने, कसरी राहत पु-याउने भन्नेमा जोड दिनुपर्ने दावी गरे ।

पूर्व मन्त्री एवं फरवड माइक्रो फाइनान्सका अध्यक्ष भगवती चौधरीले कोरोनाका कारण माइक्रो फाइनान्सदेखि सबै क्षेत्रहरु धरासायी भएको बताइन् । उनले फरबार्ड माइक्रो फाइनान्सले विभिन्न अस्पतालहरुलाई सहयोग गरेको उल्लेख गर्दै सबैजसो लघुवित्तले सहयोग माग्नुको साटो यो समयमा धैर्यताका साथ काम गरेको र थोरैधेरै सहयोग गरेको बताएकी छन् ।

कार्यक्रममा बरिष्ठ व्यवसायी एंव हिमालय सिमापार सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, कार्यक्रममा आभूषण व्यवसायी नरेन्द्रकुमार गुप्ता, मेकअप तथा व्यूटी व्यवसायी टेकराज पाण्डे, मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, आर्थिक उन्नती सहकारीका अध्यक्ष जनार्दन सापकोटा, व्यबसायी कृष्ण भट्टराइलगायतले लकडाउन अवधिभरीमा खोपको व्यबस्था गरेर बजार व्यबसाय मापदण्डका आधारमा खोल्न जोड दिएका थिए ।