भारतमा कोरोनाको संक्रमणबाट २ लाख ९५ हजार ५०८ जनाको निधन

भारतमा कोरोनाको संक्रमणबाट २ लाख ९५ हजार ५०८ जनाको निधन तरुण खबर ८ जेष्ठ २०७८, शनिबार १९:२२
भारतमा कोरोनाको संक्रमणबाट २ लाख ९५ हजार ५०८ जनाको निधन

२१, मेमा भारतमा २० लाख ६१ हजार बढीको परीक्षण, २ लाख ५४ हजार बढी संक्रमित
काठमाडौं । कोरोना भाइरस विरुद्ध अलग–अलग खोप लगाएका विभिन्न व्यक्तिहरुको अनुभवले त्यस्ता व्यक्तिहरुलाई फाइदा भएको प्रमाणित भएको छ । स्पेनमा ६ सयभन्दा बढी जनामा परीक्षण गर्दा यस्तो प्रमाणित भएको हो । उनीहरुमा एस्ट्राजेनेका, कोविशील्ड र फाइजर खोप लगाइएको थियो ।

त्यस्तै, बेलायतमा पनि दुबै भ्याक्सिन मिलाएर लगाउँदा इम्युनिटी पावर बढेको देखिएको थियो, तर कतिपय व्यक्तिमा भने नकारात्मक असर परेको हिन्दूस्तान टाइम्सले लेखेको छ । युरोपका कतिपय देशले अलग–अलग खोपको परीक्षण गरिरहेका छन् । वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२१, मे) मा २० लाख ६१ हजार ६८३ जनाको नमुना परीक्षण गर्दा २ लाख ५४ हजार ३९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

२०,मेमा २० लाख ५५ हजार १० जनाको नमुना परीक्षण गर्दा २ लाख ५९ हजार २६९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२१, मे) मा कोरोना भाइरसको संक्रमणबाट ४ हजार १४३ जनाको निधन भएको छ । २०, मेमा कोरोना संक्रमणबाट ४ हजार २०९ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार जेठ ८ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ६२ लाख ८५ हजार ६९ जना छन् ।

भारतमा २ करोड ३० लाख ५९ हजार १७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५४४ जना छन्, यो संख्या क्रमशः घट्दै गएको छ । जेठ ८ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये २ लाख ९५ हजार ५०८ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।