सुनको चन्द्रमा भिडियो सार्वजनिक

सुनको चन्द्रमा भिडियो सार्वजनिक तरुण खबर ८ जेष्ठ २०७८, शनिबार १९:४४
सुनको चन्द्रमा भिडियो सार्वजनिक

काठमाडौं । चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत “सुनको चन्द्रमा“ को भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा शंकर बिसी, शोवित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको । गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु सस्कृति, बोटे सस्कृति, हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ ।