तरुण खबर
२८ माघ २०७७, बुधबार १७:३४
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (९,फेब्रुअरी) मा १६ लाख ६२ हजार ९८३ जनाको नमुना परीक्षण गर्दा ९५ हजार ५४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८ फेब्रुअरीमा १७ लाख ४ हजार ७३३ जनाको नमुना परीक्षण गर्दा ९० हजार ३४६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा ३ हजार २६५ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ८ फेब्रुअरीमा १ हजार ५९२ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार माघ २८ गते बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ७७ लाख ९९ हजार ९४६ जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा १ करोड ७६ लाख ३९ हजार २१७ जनालाई मात्र कोरोनाको संक्रमण निको भएको छ । नेपाली समय अनुसार माघ २८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा सक्रिय संक्रमितको संख्या नै ९६ लाख ८० हजार ९५७ जना छन् ।
यता, नेपाली समय अनुसार माघ २८ गते बुधबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३२ करोड ७१ लाख ७१ हजार ७९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ४६ लाख ४० हजार ३६३ जनाको मात्र कोरोनाको नमुना परीक्षण गर्न बाँकी छ । अमेरिकामा कोरोनाको संक्रमणबाट माघ २८ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ४ लाख ७९ हजार ७७२ जनाको मृत्यु भैसकेको छ ।
माघ २८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० करोड ७३ लाख ८७ हजार ९८६ छ । संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ४९ हजार १०२ जना छन् ।


