स्वीजरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वीजरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण तरुण खबर ९ जेष्ठ २०७८, आईतवार ११:१६
स्वीजरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कोभिड–१९ नियन्त्रमा स्वीजरल्याण्डको सहयोग
काठमाडौं । गत जेठ ७ गते स्वीट्जरल्याण्डद्वारा नेपाललाई कोभिड–१९ संकटसँग लड्न ८० लाख डलर ( नेपाली रुपैयाँ ९४ करोड) बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्रीहरुमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख -यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन् ।

भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर र सुरक्षाउपकरणले नेपालका विभिन्न अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनेछ भने एण्टिजेन परीक्षणले द्रुत स्वास्थ्य परीक्षण, सामुदायिक स्तरमा निगरानी र विरामीहरूको शिघ्र आइसोलेशनलाई सहज बनाउँदै भाइरसको पैम  लावटलाई अनुगमन र नियन्त्रण गर्न सघाउ पु-याउनेछ ।

स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान काठमाडौँमाअवतरण गरेको छ । स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । विनासकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको हो ।

यस अन्तर्गत हालसम्म ७० हजार रोच पीसीआर परीक्षण टेष्ट कीट र दुई वटा पीसीआर उपकरण हस्तान्तरण भैसकेका छन् । प्रदेश १ का दुई अस्पतालहरुमा स्वास्थ्यजन्य फोहरको सुरक्षित व्यवस्थापन प्रणाली र स्वच्छ खानेपानी प्रणालीको स्थापना भैसकेका छन् । स्वीट्जरल्याण्डले कृषक परिवारलाई बिऊ लगायतका महत्वपूर्ण कृषि सामग्रीउपलब्ध गराउनस्थानीय व्यापारीहरूलाई परिचालन गर्ने कार्यक्रम पनि राखिसकेको छ ।

हालसम्म, स्वीट्जरल्याण्डले नेपालमा कोभिड–१९ महामारी सम्वोधनको लागि नेपाली रुपैयाँ झण्डै २ अर्ब ३४ करोड उपलव्ध गराएकोछ । स्विट्जरल्याण्डले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यवद्धता जनाएको छ । यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पु¥याउँनेछ, नेपालका लागि स्विट्जरल्याण्डकी राजदुत महामहिम एलिजा वेथभोन क्यापेलरले भनिन् ।

हाल पठाइएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपालमा स्विट्जरल्याण्डले अप्रिल २०२० मा सुरु गरेकोमा कोभिड–१९ विरुद्धको वृहत्तर सम्वोधनको एक भाग हो उनले भनेका छन् । यसले आफ्ना  विद्यमान परियोजनाहरूलाई कोभिड–१९ महामारीको समयमापनि सेवाहरूलाई निरन्तरतादिनेगरि परिमार्जन गरेको छ र वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा रोजगारी गुमाएर अलपत्र परेका आप्रवासी कामदारहरूलाई आवास, खाना, स्वास्थ्य सहायता, कानुनी परामर्श र स्वदेश फिर्तीको लागि सहायता उपलब्ध गराउँदै आएको छ ।