फेसबुकमार्फत चिनजान, गेस्ट हाउसमा सामूहिक बलात्कार

फेसबुकमार्फत चिनजान, गेस्ट हाउसमा सामूहिक बलात्कार तरुण खबर २३ चैत्र २०७९, बिहीबार १२:४७
फेसबुकमार्फत चिनजान, गेस्ट हाउसमा सामूहिक बलात्कार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरजस्ति करणी गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ। काठामाडौ टोखा नगरपालिका ६ धापासी बस्ने आशिष तामाङ र कुशल श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।

आशिष तामाङले नक्कली फेसबुक आइडी खोलेर पीडित युवतीलाई साथी बनाइ दुवै जनाले गेस्ट हाउसमा बोलाएर सामुहिक बलात्कार गरी फरार भएका थिए । पीडितको उजुरीका आधारमा उनीहरुर्लाइ पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।