सीसीएमसीको नेतृत्वमा पूर्वरथी बालानन्द शर्मा

सीसीएमसीको नेतृत्वमा पूर्वरथी बालानन्द शर्मा तरुण खबर ११ जेष्ठ २०७८, मंगलवार ११:२८
सीसीएमसीको नेतृत्वमा पूर्वरथी बालानन्द शर्मा

उपप्रधानमन्त्री तथा रक्षा, गृह, सामान्य, अर्थलगायतका मन्त्री उनका सदश्य
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । शार्मा नेतृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य रहने छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बालानन्द शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको बुझिएको छ । पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । अब उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।