तरुण खबर
१२ जेष्ठ २०७८, बुधबार १०:३८
लुम्बिनीमा २५६५ वटा दीप प्रज्वलन सामान्य ढंगले गरिने
काठमाडौं । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याएको योगदानको स्मरण स्वरूप २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।
यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ नेपाललाई विश्वसित परिचित गराउने केही प्रसिद्ध कुरामध्ये बुद्धको जन्मस्थल लुम्बिनी पनि एक हो । उतिबेला तराई क्षेत्रमा गणराज्य थियो । कपिलवस्तु शाक्य वंशहरुको गणराज्य थियो । राजा शुद्धोधन यहाँका राजा थिए । राजा शुद्धोधनकी रानी मायादेवी आप्mनो माइती देवदह जान लाग्दा बाटोमा प्रसव व्यथा लाग्यो । र, उनको कोखबाट लम्बिनी बगैंचाको सालको रुख मन्तिर ईशा पूर्व ६२३ बैशाख पूर्णिमाको दिन राजकुमार सिद्धार्थको जन्म भएको हो ।
विश्वका एक महान् रत्नको जन्म भूमिमा भएकोले लुम्बिनी विश्व प्रसिद्ध बौद्ध तीर्थस्थल बन्न गएको छ । बौद्ध कथा अनुसार राजा विम्विसारले बुद्धलाई तपाईंको जन्मभूमि कहाँ हो भनी सोद्धा बुद्ध भन्छन्– उजम् जनपतदों राजा हिम वत्तस्स पस्सतो अर्थात् राजा जहाँबाट हिमाल देखिन्छ, त्यसै जनपदमा म जन्मेको हुँ बालकृष्ण समले नेपाली संस्कृतिको भूमिका, प्रचिन नेपालमा लेखेका छन् । गौतम बुद्धलाई हिन्दू पुराणहरूमा भगवान विष्णुका दश अवतार मध्येका एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । यसले सर्वसाधारणमा धार्मिक सहिष्णुता कायम गर्न निकै मद्दत पु-याएको छ ।
भगवान् सिद्धार्थ बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो । बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो भनिन्छ ।
सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्वदेखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । नेपालको लुम्बिनीमा आजभन्दा करीब छब्बिस सय वर्ष पहिला जन्मिएका गौतम बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ । आज भोलि धेरै देशका मानिसहरू एक आदर्श, तत्वज्ञानी पुरूषको रूपमा र बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्मका पर्वतकका रूपमा गौतम बुद्धलाई निकै श्रद्धाका साथ सम्मान गर्दछन् ।


