तरुण खबर
२६ बैशाख २०८०, मंगलवार २१:२७
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागु औषध चरेससहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ खनियाबास घर भएकी ४९ वर्षकी सङ्गीता तामाङ र धादिङकै सत्यवती घर भएकी ५९ वर्षकी सेती तामाङ रहेका छन्।
कृष्णनगर नगरपालिका-२ लिङ्क गेट हुँदै भारत तर्फ लैजान लागेको अवस्थामा १० किलो चरेससहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज पछाई नेतृत्वमा खटेको टोलीले शङ्काको आधारमा खानतलासी गर्दा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाइएको छ ।


