सीसीएमसीको काम भनेकै जनताको जीवन जोगाउनु हो ः शर्मा

सीसीएमसीको काम भनेकै जनताको जीवन जोगाउनु हो ः शर्मा तरुण खबर १३ जेष्ठ २०७८, बिहीबार ११:५१
सीसीएमसीको काम भनेकै जनताको जीवन जोगाउनु हो ः शर्मा

बालानन्द शर्माको पद बहाली
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुखमा नियुक्ति पाएका पूर्वरथी बालानन्द शर्माले आफ्नो तत्कालको प्राथमिकता संक्रमित बिरामीहरूको ज्यान बचाउने हुने बताएका छन् । उनले भने– मृत्युको मुखमा रहेका बिरामीको सक्दो बढी जीवन बचाउन सकियोस् भन्ने मर्ममा टेकेर काम शुरु हुने बताएका छन् । सोमवार मन्त्रिपरिषद्ले नियुक्ति गरेका शर्माले हिजो बुधवारदेखि सीसीएमसीको प्रमुखको रूपमा कार्यभार सम्हालेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पछिल्लो साता विश्वभर कोरोना भाइरसको संक्रमण र मृत्युमा कमी आएको बताएको छ । पछिल्लो साता विश्वभर करिब ४१ लाखमा संक्रमण पुष्टि भएको छ भने ८४ हजारको मृत्यु भएको छ । पछिल्लो साता त्यसअघिको सातामा भन्दा संक्रमणमा १४ प्रतिशत र मृत्युमा २ प्रतिशतले कमी आएको डब्लूएचओको साप्ताहिक (बुधबार) रिपोर्टमा उल्लेख छ । नेपालमा मृत्यु दरमा केही कमी आएपनि संक्रमण दर करीब करीब उस्तै छ । गैरराजनीतिक र व्यावसायिक ढङ्गले सामना गरिनुपर्ने मान्यतामा आफूले काम गर्ने सीसीएमसी प्रमुख शर्माले बताए ।

तर नेपाल विश्वमै उच्च संक्रमण दर देखिएको मुलुक हो । तयारीका लागि नेपालसँग धेरै समय खर्चने सुविधा नभएको विज्ञहरूले बताएका छन् । स्रोतहरू थप्नुपर्ने ठाउँमा थप्ने र व्यवस्थापनले हुने ठाउँमा व्यवस्थापन गर्ने बताउँदै प्रमुख शर्माले भने– संक्रमण पहिचान गर्ने काम त निरन्तर गर्नु पर्ने छ । नवनियुक्त प्रमुख शर्माले तत्कालको बिरामीको चापलाई प्राथमिकतामा राख्दै खोपजस्ता अन्य महत्वपूर्ण आवश्यकतालाई पूर्ति गर्न लागिहाल्ने बताए । यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए ।