नाइजेरियामा डुंगा डुब्दा १६० जनाको ज्यान गयो

नाइजेरियामा डुंगा डुब्दा १६० जनाको ज्यान गयो तरुण खबर १५ जेष्ठ २०७८, शनिबार ११:४४
नाइजेरियामा डुंगा डुब्दा १६० जनाको ज्यान गयो

काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजेरियाको एक डुंगा नाइजर नदीमा डुब्दा १६० भन्दा बढी व्यक्तिको ज्यान गएको छ । अहिलेसम्म ६० जनाको सब पानीबाट निकालिएको नाइजेरियन अधिकारीहरुले शुक्रवार जानकारी दिएका छन् । नाइजेरियाको जनसंख्या करीब २१ करोड ७ लाख ३६ हजार ८१३ छ । नौकामा १६० जनाभन्दा बढी चढेका थिए, जसमा बालबालिका र महिलाहरु बढी नै थिए । बुधवार भएको घटना हुँदा डुंगा नाइजेरियाको उत्तर–पश्चिमको केब्बी प्रान्तको सबैभन्दा ठूलो नदी नाइजरमा विशाल वस्तुमा ठोक्किएको थियो । आपातकालीन विभाग के अधिकारीका अनुसार शुक्रवारसम्म खोजी कार्यरहेको छ । यो डुंगा नाइजर प्रान्तको बारा शहर जाँदै थियो ।