तरुण खबर
१७ जेष्ठ २०७८, सोमबार १०:३४
अमेरिकामा ३०, मेमा ५ लाख ७३ हजार बढीको परीक्षण, ७ हजार बढी संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (३०, मे) मा ५ लाख ७३ हजार ७५९ जनाको नमुना परीक्षण गर्दा ७ हजार ७५० कोरोना संक्रमित थपिएका छन् । २९, मेमा ७ लाख ७५ हजार ७१९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ६६१ जना कोरोना संक्रमित थपिएका थिए । त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टा (३०, मे) मा कोरोनाभाइरसको संक्रमणबाट १२४ जनाको मृत्यु भएको छ ।
२९, मेमा कोरोना संक्रमणबाट ३५२ जनाको मृत्यु भएको थियो । जेठ १७ गते सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४० लाख ४३ हजार ६८ जना कोरोना भाइरसका कुल संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ७८ लाख ४० हजार ८८४ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ १७ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५५ लाख ९२ हजार ६४० जना छन् ।
नेपाली समय अनुसार जेठ १७ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४७ करोड ९४ लाख ९० हजार ८९५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १४ करोड ८० लाख ४१ हजार ६१४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १४ करोड ८० लाख ४१ हजार ६१४ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।
अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ १७ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ९ हजार ५४४ जनाको मृत्यु भैसकेको छ । जेठ १७ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड १० लाख १८ हजार ९ सय जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ लाख ५६ हजार ५८३ जना छन् ।


