भारतमा कोरोना विरुद्धको खोपको अभाव छिट्टै हट्ने

भारतमा कोरोना विरुद्धको खोपको अभाव छिट्टै हट्ने तरुण खबर १७ जेष्ठ २०७८, सोमबार १०:३७
भारतमा कोरोना विरुद्धको खोपको अभाव छिट्टै हट्ने

३०, मेमा भारतमा २० लाख ६३ हजार बढीको परीक्षण, १ लाख ५३ हजार बढी संक्रमित
काठमाडौं । भारतमा कोरोना संक्रमण विरुद्धको खोप चाँडै अभाव हट्ने भएको छ । एक महिनापछि अर्थात जुलाईको अन्तिमसम्ममा सरकारले २० देखि २५ करोड खोप किन्ने तयारी गरेको छ । सीरम इन्सटिच्युट अफ इण्डिया (एसआईआई) ले जुनमा १० देखि १२ करोड डोज दिने प्रतिबद्धता जनाएको छ ।

अगष्टदेखि सेक्टेम्बर महिनासम्ममा ३० करोड डोज सरकारले किन्ने योजना बनाएको हिन्दुस्तान टाइम्सले लेखेको छ । त्यस्तै, सीरम इन्सिटिच्यूट अफ इण्डिया (एसआईआई) ले जून कोविशील्ड खोप नौदेखि १० करोड डोज दिने प्रतिबद्धता जनाएको छ । वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३०, मे) मा २० लाख ६३ हजार ८६३ जनाको नमुना परीक्षण गर्दा १ लाख ५३ हजार ४८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

२९, मेमा २० लाख ८० हजार ४८ जनाको नमुना परीक्षण गर्दा १ लाख ७४ हजार ४१ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (३०, मे) मा कोरोना भाइरसको संक्रमणबाट ३ हजार १२९ जनाको मृत्यु भएको छ । २९, मेमा कोरोना भाइरस संक्रमणबाट ३ हजार ६१४ जनाको निधन भएको थियो । नेपाली समय अनुसार जेठ १७ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८० लाख ४६ हजार ९५७ जना छन् ।

भारतमा २ करोड ५६ लाख ८४ हजार ५२९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ३३ हजार ३०१ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ १७ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख २९ हजार १२७ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।