बेथाञ्चोक–२ मा सेतो मृग पाइयो

बेथाञ्चोक–२ मा सेतो मृग पाइयो तरुण खबर १७ जेष्ठ २०७८, सोमबार ११:१६
बेथाञ्चोक–२ मा सेतो मृग पाइयो

दुलर्भ मानिने सेतो मृग ढुंखर्कमा
काठमाडौं । बेथाञ्चोक–२ को ढुंखर्क महाभारतको जंगलमा सेतो मृग पाइएको छ । दुलर्भ मनिने सेतो मृग धिरज घिमिरेले जंगलमा पाएका हुन् । दुःध ख्वाएर पालेको तीनपछि ढुंखर्कस्थित प्रहरीलाई बुझाइएको छ उनले भने । निख्खर सेतो रंग भएको मृग माउले छाडेर अलपत्र परेको अबस्थामा धिरजले पाएका हुन् । वडा नम्बर २ का अध्यक्ष भगवान घिमिरेका अनुसार दाउरा लिन जाँदा गाउँका भाइहरुले पाएको हो । मृगको बच्चालाई स्थानिय प्रहरी चौकीलाई जिम्मा लगाइएको छ ।

प्रहरीले आजै जिल्ला वन कार्यालयलाई जिम्मा लगाउने बुझिएको छ । हरिण वा मृग सर्भिडे परिवारमा पर्ने एक स्तनधारी जनावरको एउटा प्रजाति हो । यो उष्ण तथा समशितोष्ण क्षेत्रको जंगल तथा घासेमैदानहरूमा पाइने शाकाहारी जनावर हो । यो जनावर विभिन्न आकार रङ र स्वरूपमा पाइन्छ । रतुवा मृग, चित्तल, बाह्रसिङ्गे, हरिण, कस्तुरिमृग लगायत यसका विभिन्न प्रजातिहरू पृथ्वीमा अस्तित्वमा रहेका छन् । मृगका सबै प्रजातिका भालेहरू, चीनियाँ जलमृग र हरिणको पोथीहरूको समेत टाउकोमा सिङ् पलाउछ ।

प्रत्येक वर्ष मृगहरूको पुरानो सिङ् झरेर नयाँ सिङ् पलाउने गर्दछ, यही कारणले मृगहरूलाई स्थायी रूपमा सिङ् रहने कृष्णसार जस्ता जनावर भन्दा अलग बनाएको छ । कृष्णसार र मृगहरू प्राणी जगतको एउटै श्रेणीका जनावर हुन् । केही वर्षअघि अमेरिकी विधायक स्टिभ लिन्डवर्गले एउटा बाह्रसिङे मृग देखेका थिए । केहीबेर घोरिएर हेर्दा उनले मृगका सिङ तीनवटा देखिए । पशुविज्ञ स्टिभ एडवार्ड्सले यस्तो मृग दशौँ लाखमा एउटा भेटिने बताएका थिए ।