सत्ता पक्षलाई के फरक पर्छ र राष्ट्रियसभा हार्दा ?

सत्ता पक्षलाई के फरक पर्छ र राष्ट्रियसभा हार्दा ? तरुण खबर १८ जेष्ठ २०७८, मंगलवार ११:३१
सत्ता पक्षलाई के फरक पर्छ र राष्ट्रियसभा हार्दा ?

राष्ट्रिय सभामा काँग्रेस उम्मेदवार विजयी
काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष) को समर्थनमा उनी विजयी भएका हुन् । पाण्डेको विजयले सत्ता पक्षले आफूहरु  एक्लिएको महशुस गरेको छ । यस सत्तारुढ एमालेलाई सत्ता छाड्न अत्यधिक दवाव परेको छ ।

गठबन्धनका पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरे भने एमाले उम्मेदवार खड्काले ३ हजार ५९४ मतभार प्राप्त गरेका थिए । स्थानीय तहमा नेकपा एमालेका खड्काले ९४ र नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले ११८ मत प्राप्त गरेका थिए । यस्तै, प्रदेश सभाबाट खड्काले ४० र पाण्डेले ४२ मत प्राप्त गरेका छन् । प्रदेश सभाका ८३ जना सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी तीन सय जनाले मतदान गर्ने अबस्था थियो ।  यी सबैको मतभार ७ हजार ८९० हुनेछ ।

समग्रमा विपक्षीको अवस्था ४ हजार र सत्तापक्षको ३ हजार ८ सयको हाराहारीमा मतभार देखिएको थियो । पाण्डे यसअघि कपिलवस्तु जिल्ला २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्यको निर्वाचन लड्नुअघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए । चुनाव लड्न उनी एमालेमा प्रवेश थिए । केही दिनअघि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेससहितको गठबन्धले पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । पाण्डे राजनीतिक दल चाहार्ने व्यक्ति हुन् ।