अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख १० हजार ४३६ जनाको मृत्यु

अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख १० हजार ४३६ जनाको मृत्यु तरुण खबर १९ जेष्ठ २०७८, बुधबार १०:५३
अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख १० हजार ४३६ जनाको मृत्यु

अमेरिकामा १, जूनमा १० लाख १८ हजार बढीको परीक्षण, १२ हजार बढी संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१, जुन) मा १० लाख १८ हजार ६६३ जनाको नमुना परीक्षण गर्दा १२ हजार ९७६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३१, मेमा ४ लाख ३९ हजार २२८ जनाको नमुना परीक्षण गर्दा ९ हजार १५८ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टा (१, जुन) मा कोरोनाभाइरस संक्रमणबाट २८७ जनाको मृत्यु भएको छ ।

३१, मेमा कोरोना संक्रमणबाट १४३ जनाको मृत्यु भएको थियो ।  जेठ १९ गते बुधबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४१ लाख ३६ हजार ७३८ जना कोरोना भाइरसका कुल संक्रमित रहेका थिए । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ७९ लाख ४० हजार ९१८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ १९ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५५ लाख ८५ हजार ३८४ जना छन् ।

नेपाली समय अनुसार जेठ १९ गते बुधबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४८ करोड ९ लाख ४८ हजार ७८६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १४ करोड ९४ लाख ९९ हजार ५०५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १४ करोड ९४ लाख ९९ हजार ५०५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ १९ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १० हजार ४३६ जनाको मृत्यु भैसकेको छ । जेठ १९ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड १९ लाख १४ हजार ५४० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ लाख ७५ हजार ४८४ जना छन् ।