भारतमा संक्रमणबाट ९ हजार ३४६ जना बाबालिकाले आमाबुवा गुमाए

भारतमा संक्रमणबाट ९ हजार ३४६ जना बाबालिकाले आमाबुवा गुमाए तरुण खबर १९ जेष्ठ २०७८, बुधबार १०:५७
भारतमा संक्रमणबाट ९ हजार ३४६ जना बाबालिकाले आमाबुवा गुमाए

१, जूनमा भारतमा १९ लाख २५ हजार बढीको परीक्षण, १ लाख ३३ हजार बढी संक्रमित
काठमाडौं । भारतमा राष्ट्रिय बाल अधिकार संरक्षण आयोग (एनसीपीसीआर) ले मंगलवार सर्वोच्च अदालतमा २९ मेसम्ममा ९ हजार ३४६ जना कोरोना संक्रमणका कारण अनाथ बनेका छन् भनी जानकारी दिएको छ । कोरोना संक्रमणबाट उनीहरुले आमा बुवा गुमाएका हुन् । न्यायाधिश एल.एन.राव र अनिरुद्ध बोस सामु यो दलिल पेश भएको हो ।

महाराष्ट्र सरकारले ३० मेसम्ममा कोरोना संक्रमणका कारण ४ हजार ४५१ जना बालबालिकाले आफ्ना  आमा बुवा गुमाएका छन्  वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१, जुन) मा १९ लाख २५ हजार ३७४ जनाको नमुना परीक्षण गर्दा १ लाख ३३ हजार २२८ कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३१, मेमा १६ लाख ८३ हजार १३५ जनाको नमुना परीक्षण गर्दा १ लाख २६ हजार   ६९८ जना कोरोना भाइरस संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (१, जुन) मा कोरोना संक्रमणबाट ३ हजार २०५ जनाको निधन भएको छ । ३१, मेमा कोरोना संक्रमणबाट २ हजार ७८२ जनाको निधन भएको थियो । नेपाली समय अनुसार जेठ १९ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८३ लाख ६ हजार ९९२ जना छन् ।

भारतमा २ करोड ६१ लाख ७० हजार ९९२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ७७७ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ १९ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ३५ हजार ११४ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।