तरुण खबर
१९ जेष्ठ २०७८, बुधबार ११:००
एक चिनियाँ युवालाई ८ महिना जेल सजाए
काठमाडौं । भारतीय सेना र चीनको सेनाबीच लद्दाखको गलवान घाटीमा भएको युद्धमा चिनियाँ सैनिकतर्फ मरेका सैनिक संख्याबारे उठाउने एक व्यक्तिलाई आठ महिनाको जेल सजाय दिएको छ । किउ जिमिङग नामक उक्त व्यक्तिको फलोअर्स २ लाख ५० हजार भएको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखको छ । त्यो मुद्दामा उनले अदालतमा माफी मागेका थिए । तैपनि अदालतले ८ महिनाको जेल सजाए दिएको छ ।
यसअघि १ मार्चमा किउले एक टीवी च्यानलमार्फत पनि माफी मागेका थिए । ग्लोबल टाइम्सको बिवरण अनुसार किउले भनेका थिए– मृतक सैनिक संख्या भन्न नहुनेमा माफी माग्न चाहन्छु । फरवरीमा रूसी न्यूज एजेन्सि तासले गलवान घाटीमा ४५ जना चिनियाँ सैनिक मारिएको दावी गरेको थियो । चीनको सेनाले भने ४ जना सैनिक मारिएको दावी गरेको थियो । किउले सोशल मिडियामा पोष्ट गर्दै चिनियाँ सैनिकले दावी गरेको भन्दा बढी संख्यामा सैनिक मारिएको उनले राखेका थिए ।


