भारतको खोप अभियानमा अमेरिकी कम्पनीद्वारा उत्पादित फाइजर पनि सहभागी

भारतको खोप अभियानमा अमेरिकी कम्पनीद्वारा उत्पादित फाइजर पनि सहभागी तरुण खबर २० जेष्ठ २०७८, बिहीबार ११:१७
भारतको खोप अभियानमा अमेरिकी कम्पनीद्वारा उत्पादित फाइजर पनि सहभागी

२, जूनमा भारतमा १ लाख ३४ हजार १०५ भन्दा बढी संक्रमित
काठमाडौं । भारतमा कोभ्याक्सिन, कोविशील्ड र स्पूतनिक–वीलगायत कोरोनाभाइरस विरुद्धको भ्याक्सिन उपलब्ध भएकाले खोप अभियन चलिरहेको सरकारले दावी गरेको छ । यसैबीच अमेरिकी कम्पनीबाट उत्पादित फाइजरले बुधवार भनेको छ कि भारत सरकारसँग निरन्तर भ्याक्सिनका बारेमा कुरा भैरहेको छ । फाइजरका प्रवक्ताले भनेका छन्– भारत सरकारको खोप अभियानमा हामी सहभागी हुन चाहन्छौं ।

वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२, जुन) मा १ लाख ३४ हजार १०५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । , जुनमा १९ लाख २५ हजार ३७४ जनाको नमुना परीक्षण गर्दा १ लाख ३३ हजार २२८ कोरोनाभाइरस संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२, जुन) मा कोरोनाभाइरस संक्रमणबाट २ हजार ८९९ जनाको निधन भएको छ । १, जुनमा कोरोना संक्रमणबाट ३ हजार २०५ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार जेठ २० गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८४ लाख ४० हजार ९८८ जना छन् ।  भारतमा २ करोड ६३ लाख ८२ हजार ८९७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १७ लाख २० हजार ७८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ २० गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ३८ हजार १३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।