अमेरिकामा सम्पूर्ण जनताको कोरोना भाइरसको परीक्षण सकिदै

अमेरिकामा सम्पूर्ण जनताको कोरोना भाइरसको परीक्षण सकिदै तरुण खबर ३० माघ २०७७, शुक्रबार १०:१३
अमेरिकामा सम्पूर्ण जनताको कोरोना भाइरसको परीक्षण सकिदै

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा  ११ फेब्रुअरीमा  १८ लाख ४३ हजार ५८७ जनाको नमुना परीक्षण गर्दा १ लाख  ३ हजार ४८१ संक्रमित थपिएका छन् । १०,फेब्रुअरीमा  १३ लाख ३ हजार ४५२ जनाको नमुना परीक्षण गर्दा ९७ हजार ५०१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा ३ हजार ६८ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । १० फेब्रुअरीमा ३ हजार ४ सय ३६ जनाको संक्रमणबाटै मृत्यु भएको थियो ।

वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार माघ ३० गते शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ८० लाख २ हजार २४० जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा १ करोड ७९ लाख ३० हजार ८१९ जनालाई मात्र कोरोनाको संक्रमण निको भएको छ । नेपाली समय अनुसार माघ ३० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा सक्रिय संक्रमितको संख्या ९५ लाख ८४ हजार ४९९ जना छन् ।

यता, नेपाली समय अनुसार माघ ३० गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३३ करोड ३ लाख १८ हजार ८३३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब १४ लाख ९३ हजार ३२४ जनाको मात्र कोरोनाको नमुना परीक्षण गर्न बाँकी छ । अमेरिकामा कोरोनाको संक्रमणबाट माघ ३० गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ४ लाख ८६ हजार ९२२ जनाको  मृत्यु भैसकेको छ ।

माघ ३० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० करोड ८२ लाख ८२ हजार २०८ छ । संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ७७ हजार २८५ जना छन् ।