अमेरिकामा हालसम्म संक्रमणबाट ६ लाख ११ हजार ६११ जनाको मृत्यु

अमेरिकामा हालसम्म संक्रमणबाट ६ लाख ११ हजार ६११ जनाको मृत्यु तरुण खबर २१ जेष्ठ २०७८, शुक्रबार ११:०२
अमेरिकामा हालसम्म संक्रमणबाट ६ लाख ११ हजार ६११ जनाको मृत्यु

अमेरिकामा ३, जूनमा ७ लाख ९१ हजार बढीको परीक्षण, १७ हजार ८२१ बढी संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (३, जुन) मा ७ लाख ९१ हजार ८३१ जनाको नमुना परीक्षण गर्दा १७ हजार ८२१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २, जुनमा ६ लाख ५९ हजार २०७ जनाको नमुना परीक्षण गर्दा १६ हजार ८८१ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टा (३, जुन) मा कोरोना संक्रमणबाट ५७४ जनाको मृत्यु भएको छ । २, जुनमा कोरोना संक्रमणबाट ५१२ जनाको मृत्यु भएको थियो ।

जेठ २१ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४१ लाख ७४ हजार ७५२ जना कोरोना भाइरसका कुल संक्रमित थिए । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ८० लाख २५ हजार ५७५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ २१ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५५ लाख ३७ हजार ५६६ जना छन् ।

नेपाली समय अनुसार जेठ २१ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४८ करोड २३ लाख ९९ हजार ८२४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १५ करोड ९ लाख ५० हजार ५४३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १५ करोड ९ लाख ५० हजार ५४३ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ २१ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ११ हजार ६११ जनाको मृत्यु भैसकेको छ । जेठ २१ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड २८ लाख ८८ हजार ७७२ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ लाख १६ हजार ३८३ जना छन् ।