तरुण खबर
२१ जेष्ठ २०७८, शुक्रबार ११:०८
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतकी महारानी एलिजावेथ द्वितीयबीभ भेटवार्ता हुने भएको छ । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा बेलायतकी महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीट गर्दै लेखेको छ– महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ ।
अमेरिकी राष्ट्रपति बाइडेन केही हप्तापछि हुने जी–७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने तय भएको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् । विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ । सम्मेलनमा अन्य देशका शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन् ।


