नक्कली शरणार्थी प्रकरणमा थप १८ जनाले दिए जाहेरी

नक्कली शरणार्थी प्रकरणमा थप १८ जनाले दिए जाहेरी तरुण खबर २९ श्रावण २०८०, सोमबार १९:२४
नक्कली शरणार्थी प्रकरणमा थप १८ जनाले दिए जाहेरी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले जाहेरी दिएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले जाहेरी दिएको प्रहरीले बताएको छ ।

अनुसन्धान कार्यालयका अनुसार १८ जना पीडितहरूबाट करिब एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भन्दै जाहेरीमा उल्लेख गरेका छन् । १८ जना पीडितले तीन वटा किटानी जाहेरी दिएका हुन्।

यसको थप अनुसन्धान गर्न तथा कारबाहीको लागि कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ। जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनामध्ये ३ जनालाई पुर्पक्षका लागि धरौटीमा छोडेको थियो। बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।