तरुण खबर
२२ जेष्ठ २०७८, शनिबार ११:२७
काठमाडौँ । तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङ र नव मोडेल निर्मला तामाङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियोलाई ताम्सालिङ टिभिको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । सुदिन लामा दोङको शब्द रहेको उक्त गीतलाई प्रतीक मोक्तानले संगीत, चर्चित गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
गीतमा चर्चित गायिका शशिकला मोक्तान र गायक हावा लामा दोङको स्वर रहेको छ । भिडियो सम्पादन तथा निर्देशन उनै तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङले गरेका हुन । सुमन तामाङले कलर र छायांकन, युद्ध लामाले कोरियाग्राफी र मिलन लामा दोङले ड्रोन छायाङ्कन गरेका हुन् ।


