तरुण खबर
२४ जेष्ठ २०७८, सोमबार ११:००
न्यूज एजेन्सी । कहीँ नाङ्गै साइकल रेस, कहीँ नाङ्गो बिहे, कहीं सामुहिक रुपमा नाङ्गै नुहाउने, कहीं नाङ्गै भएर विरोध प्रदर्शन यो संसारको विकसित भनिएका देशमा हुने प्रकरण हो । यो सँगसँगै बजारमा सपिङ गर्न पनि नाङ्गै जाने समाचार आएपछि अर्को तरंग मच्चिएको थियो । केही वर्षअघि यस्तै पत्याउनै मुस्किल हर्कत गरेकी थिइन् पोल्यान्डकी एक युवतीले ।
यस्तै, कोरोना भाइरस संक्रमणले विश्वभर हाहाकार मच्चि रहेको बेला मास्कको महत्व सम्झाउने उदेश्यले बस्त्रबिहीनहरुको अनौठो साइकल -याली हुने भएको छ । शर्ट, प्यान्ट, स्कर्ट, अण्डरवियर लगाउनुभन्दा पनि मास्क लगाउनु महत्वपूणर् हो उनीहरुले सन्देश दिन खोजेका छन् । केही मुलुकहरुमा हुने हजारौं बस्त्रबिहीन साइकल यात्रीहरुको -याली पर्यटक स्थलहरुमा पुग्ने छन् ।
आगाी अगष्ट २८ मा हुने साइकल -यालीले १६ किलोटिर दूरी पार गर्ने छ । -यालीमा सहभागी हुनेहरुले साइकलमा चढ्नु अगाडी आफ्ना सबै कपडा खोल्ने गरेका छन् । र, एक अर्काको शरीर रंग्याउने छन् । २०७१ साल फागुन महीनामा विश्व नारी दिवसको अवसरमा साइकल जस्तो वातावरण मैत्री सवारी साधानको प्रयोगमा जोड दिन अष्ट्रेलियाको मेलवर्न सडकमा नाङ्गै साइकलमा यात्रा गरेका महिला र पुरुषको जमात देखिएको थियो ।


