भारतमा कोरोना संक्रमणकै कारण आर्थिक रुपमा अर्बौ क्षेती

भारतमा कोरोना संक्रमणकै कारण आर्थिक रुपमा अर्बौ क्षेती तरुण खबर २४ जेष्ठ २०७८, सोमबार ११:०४
भारतमा कोरोना संक्रमणकै कारण आर्थिक रुपमा अर्बौ क्षेती

जूनमा भारतमा १ लाख १ हजार २३२ जनाभन्दा बढी संक्रमित
काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहरले विभिन्न राज्यले आर्थिक संकट व्यहोर्न बाध्य भएको भारतका विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । उदाहरणका लागि झारखण्ड राज्यले ८ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ क्षेति व्यहोरेको छ । त्यस्तै बिहारले १८ अर्ब ६६ करोड ६० लाख, छत्तिसगढले ९ अर्ब ४४ करोड ६० लाख उडिसाले १४ अर्ब ४४ करोड ९० लाख रुपैया घाटा व्यहोरेका छ । उत्तर प्रदेशले ४६ अर्ब ३५ करोड २० लाख क्षेती व्यहोरेको छ भने पश्चिम बंगालले घठ अर्ब द्दछ करो८ द्दण् क्षेती व्यहोर्न बाध्य भएको छ ।

भारतीय स्टेट बैंकले विभिन्न राज्यको आर्थिक तथ्यांकका आधारमा अनुमान गरेको हो । ती राज्यहरुले लकडाउनका कारण स्वरोजगार, मर्ने व्यक्तिको घरको रेखदेख गर्नु परेकाले अधिकांश समय वित्ने गरेकाले यो अबस्था आएको हिन्दुस्तान टाइम्सले लेखेको छ वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (६, जुन) मा ३५ लाख ७२ हजार ३८० जनाको नमुना परीक्षण गर्दा १ लाख १ हजार २३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

५, जुनमा १ लाख १४ हजार ५३७ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (६, जुन) मा कोरोना संक्रमणबाट २ हजार ४४५ जनाको निधन भएको छ । ५, जुनमा कोरोनाभाइरसको संक्रमणबाट २ हजार ६८३ जनाको निधन भएको थियो । नेपाली समय अनुसार जेठ २४ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाख ९ हजार ६०४ जना छन् ।

भारतमा २ करोड ७१ लाख ५० हजार ७२७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ९ हजार ६४८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ २४ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ४९ हजार २२९ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।