भियारियालमाथि पुनरागमन जित हात पार्दै रियल मड्रिड शीर्ष स्थानमा

भियारियालमाथि पुनरागमन जित हात पार्दै रियल मड्रिड शीर्ष स्थानमा तरुण खबर ३ चैत्र २०८१, आईतवार ०९:३२
भियारियालमाथि पुनरागमन जित हात पार्दै रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौं । रियल मड्रिड भियारियालमाथि पुनरागमन जित हात पार्दै ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले २–१ गोलअन्तरले खेल आफ्नो पक्षमा पारेको हो ।

शनिबार राति भएको खेलको सातौं मिनेटमा भियारियालका हुवान फोयथले गोल गरेपछि रियाल १–० गोलले पछि परेको थियो । तर १७ औं मिनेटमा किलियन एम्बाप्पेले बराबरी गोल फर्काए । २३औं मिनेटमा उनैले लुकास भाकेजको सहयोगमा गोल गरेपछि पहिलो हाफमा रियाल २–१ ले अघि रहन सफल भएको थियो । दोस्रो हाफमा भने गोल हुन सकेन् ।

रियलको २८ खेलबाट ६० अंक छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५७ अंक छ । पाँचौ स्थानको भियारियालको २७ खेलबाट ४९ अंक छ ।