गुलाम अलिले तीन घन्टा सुनाए गजल

गुलाम अलिले तीन घन्टा सुनाए गजल तरुण खबर ३ चैत्र २०८१, आईतवार १०:०२
गुलाम अलिले तीन घन्टा सुनाए गजल

काठमाडौं । लामो समयपछि पाकिस्तानी गजलकार गुलाम अलिले नेपालमा सांगीतिक प्रस्तुति दिएका छन् । शनिबार ललितपुरको पुल्चोकमा ‘गुलाम अलि थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा उनले झन्डै तीन घण्टा आफ्नो प्रस्तुति दिए।

साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रममा गायक अलिका छोरा अमिर र नाति नाजिरले पनि प्रस्तुति दिएका थिए । संगीतकार दीपक जंगमले गजलकार अलिको कार्यक्रमले नेपाली गजलकारलाई थप ऊर्जा प्रदान गरेको बताए । गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, के छ र दिउँ’,लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् ।