रुसमा बनेको कोभिड–१९ विरुद्धको स्पुत्निक–भी नेपालमा प्रभाकारी होला ?

रुसमा बनेको कोभिड–१९ विरुद्धको स्पुत्निक–भी नेपालमा प्रभाकारी होला ? तरुण खबर ३० माघ २०७७, शुक्रबार १६:०३
रुसमा बनेको कोभिड–१९ विरुद्धको स्पुत्निक–भी नेपालमा प्रभाकारी होला ?

रुसमा निर्मित कोभिड–१९ विरुद्धको स्पुत्निक–भी नेपालमा ल्याउने प्रयास

काठमाडौं । १४ करोड ५९ लाख ७१ हजार ७६४ जनसंख्या भएको रुसमा विकास भएको स्पुत्निक–भी खोप कोभिड–१९ विरुद्ध ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको छ । नेपालमा त्यही खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिलाउने विषयमा छलफल अघि बढेको छ ।

रुसमा कोरोना भाइरसका संक्रमितको कुल संख्या ३९ लाख १७ हजार ९१८ छ भने संक्रमितमध्ये ७५ हजार २०५ जनाको मृत्यु भएको छ । रुसमा सक्रिय संक्रमितको संख्या ४ लाख ५२ हजार ८ सय छन् । रुसमा स्पुत्निक–भी नामक कोभिड–१९ विरुद्धको खोप करिब तीन महिनाअघिदेखि प्रयोग गरिएकोमा त्यति प्रभावकारी देखिएको छैन ।

कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध विश्वका विभिन्न देशमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन प्रयोगको नतिजा निकै राम्रो आएको छ । यसैबीच बेलायतको स्वास्थ्य विभागका सचिव म्याट हान्कोकले पनि भ्याक्सिनले उत्कृष्ट नतिजा निकालेको बताएका छन् । ‘यो अहिलेसम्मकै उत्कृष्ट नतिजा र काम भन्नुपर्छ,’ म्याटले भनेका छन् । बेलायतले पहिलो चरणमा नौ लाख ६० हजार नागरिकलाई यो भ्याक्सिन लगाएको थियो ।

नेपालमा संक्रमित

त्यस्तै २ करोड ९३ लाखभन्दा बढी जनसंख्या भएको नेपालमा २ लाख ७१ हजार ६०२ जना कोरोना संक्रमित छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये २ लाख ६७ हजार २९२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । माघ २२ गते बिहीबारसम्म २ हजार ३३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । कोरोना भाइरसका सक्रिय संक्रमित जम्मा २२ सय ७७ मात्र छन् । यसको अर्थ जोखिम छैन भन्ने होइन ।

यता, नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागका अधिकारीहरूका अनुसार अनुमति प्राप्त गर्ने प्रक्रियाका बारेमा काठमाण्डूस्थित रुसी राजदूतावासले इमेलमार्फत् अनौपचारिक रूपमा बुझ्न खोजेको छ । यसअघि उक्त खोपको दुई करोड ५० लाख मात्रा नेपालमा ल्याउने सम्झौता गरेको एउटा निजी औषधि कम्पनीका निर्देशकले आपत्कालीन प्रयोगको लागि अनुमति दिन आफूहरूले कागजपत्र जुटाउने प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले चाहिँ अहिलेसम्म एउटा मात्रै खोपलाई नेपाल भित्र्याउन अनुमति दिइएको र पछि थपलाई अनुमति दिइए पनि निजीभन्दा सरकारी स्तरबाट खोप झिकाउन जोड दिइएको जनाएको छ ।

नेपालमा कोरोना विरुद्धको खोप

नेपालले भारतमा सीरम इन्स्टिट्यूटले उत्पादन गरिरहेको अक्सफर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड खोपलाई मात्रै हालसम्म आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ । करिब दुई साताअघि भारतले १० लाख मात्रा खोप अनुदानमा दिएसँगै नेपालमा पहिलो चरणको खोप कार्यक्रम अघि बढाइएको छ । सरकारले थप कोभिशील्ड खोप खरिद गर्ने प्रयास भइराखेको बताएको छ । तर त्यसबारे ठोस सम्झौता हुन सकेको छैन । तर पछिल्लो पटक वैज्ञानिकहरूले उक्त खोपको लाभ देखा परिरहेको तथा त्यो फाइजररबायोएन्टेक, अक्सफर्ड(एस्ट्राजेनेका र मोडेर्नाका खोपजस्तै प्रमाणित भएको दाबी गरेका छन् । दुईदेखि आठ डिग्री सेल्सीअस तापक्रममा भण्डारण गर्न सकिने उक्त खोप अत्यधिक चिसो किसिमको खोप भण्डारण क्षमता कमजोर रहेका नेपालजस्ता देशलाई उपयोगी हुने ठानिएको छ । हालैमात्र काठमाण्डूस्थित चिनियाँ राजदूतावासले नेपाललाई सिनोफार्मको तीन लाख मात्रा कोरोभ्याक खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो ।

तर त्यसरी खोप अनुदान वा उपहारमा स्वीकार गर्न पनि नेपालको नियमनकारी निकायबाट आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त हुनुपर्ने विज्ञहरू बताउँछन् ।