साइबर हमलाकारी लिएको फिरातौ रकममध्ये अधिकांश रकम फिर्ता

साइबर हमलाकारी लिएको फिरातौ रकममध्ये अधिकांश रकम फिर्ता तरुण खबर २५ जेष्ठ २०७८, मंगलवार ११:४७
साइबर हमलाकारी लिएको फिरातौ रकममध्ये अधिकांश रकम फिर्ता

डार्क साइड नामक ग्रुपले लिएको ४४ लाख डलरमध्ये २३ लाख डलर फिर्ता
काठमाडौं । अमेरिकाले एउटा इन्धन पाइपलाइन अघिल्लो महिना बन्द गराउने गरी हमला गर्ने साइबर समूहलाई तिरिएको ४४ लाख डलर फिरौतीमध्ये अधिकांश फिर्ता गराएको बताइएको छ । डार्क साइड नामक उक्त समूह पूर्वी युरोप र सम्भवत रुसबाट काम गर्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।  उक्त समूहले अघिल्लो महिना पाइपलाइनको अनलाइन प्रणालीमा घुसपैठ गरेको थियो बीबीसी न्यूजले लेखेको छ । -यान्समवेअर आक्रमणले कैयौँ दिनसम्म आपूर्ति प्रभावित पारेको थियो ।

र, इन्धन अभाव पनि निम्त्याएको थियो । उक्त फर्मको सो पाइपलाइनले पूर्वी तटको ४५ प्रतिशत डिजेल, पेट्रोल र जेट इन्धन ढुवानी गर्ने गथ्र्याे । सोमबार उपमहान्यायाधिवक्ता लिजा मोनाकोले अनुसन्धानकर्ताहरूले फिरौती बुझाइएको मध्ये अधिकांश अर्थात् २३ लाख डलर बराबरको ६३ दशमलव ७ बिटकोइन फेला पारि कब्जामा लिएको बताइन् । उनले गुप्तचर निकायहरूले ह्याकरहरूको डिजिटल वालेटमा पहुँच कायम गर्दै रकम कब्जामा लिएको बताइन् ।

अमेरिकी सरकारले विगतमा साइबर हमलाहरूका लागि कम्पनीहरूलाई फिरौती नतिर्न सुझाव दिएको थियो ।  उसले कम्पनीहरूलाई फिरौती माग्न सक्रिय हुने ह्याकरहरू विरुद्ध सुरक्षा प्रणाली वृद्धि गर्न भनेको थियो । वाणिज्य मन्त्री गिना राइमोन्डोले आगामी महिना रुसी नेता भ्लादिमीर पुटिनसँग कुरा गर्ने योजना बनाएको छ । बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडनले यस्ता आक्रमणका विषयमा कुरा उठाउने बताइएको छ । साइबर हमलापछि गएको मे ७ मा कोलोनियल पाइपलाइन बन्द भएको थियो ।

एउटा विज्ञप्तिमा कोलोनियल पाइपलाइन कम्पनीका प्रमुख कार्यकारी जोसेफ ब्लन्टले अमेरिकी अनुसन्धान निकाय एफबीआइको द्रुत र व्यावसायिक चरित्रको प्रशंसा गरे । यो अमेरिकाका लागि फिरौती उठाउने ह्याकरहरू विरुद्धको महत्वपूर्ण विजय भएको हो । गएको मे महिनाको हमलापछि कोलोनियलले क्रिप्टोकरेन्सीमा शुल्क तिरेको थियो र त्यसको बदलामा ह्याकरहरूले कब्जामा लिएको उसको प्रणाली खुल्ला गर्ने डिक्रिप्सन टुल उपलब्ध गराएका थिए । तर त्यसबाट उक्त कम्पनीको प्रणाली तत्कालै खुल्न नसकेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

ब्लन्टले डार्कसाइड नामक समूहसँग विगतमा जुझेका विज्ञहरूसँगको परामर्शपछि आफूले मे ७ मा फिरौती तिर्ने निर्णय लिएको बताए ।  कतिपय प्रणाली पुनः सञ्चालनमा आउन महिनौँ लाग्न सक्ने र अन्ततः आक्रमणले कम्पनीलाई दशौँ लाख डलर नोक्सान पु-याउने बीबीसी न्यूजले बताएको छ । साइबर हमलापछि डार्कसाइड समूहले सार्वजनिक रूपमा उक्त घटनाको जिम्मेवारी लिएको थियो । आफ्नो वेबसाइटमा उक्त समूहले लेखेको थियो– हाम्रो उद्देश्य पैसा कमाउनु र समाजलाई दुख नदिनु हो ।