अदालतमा मुद्दा छँदै निलम्बित सांसद पद फुकुवाको प्रयास गर्दै रवि

अदालतमा मुद्दा छँदै निलम्बित सांसद पद फुकुवाको प्रयास गर्दै रवि तरुण सम्वाददाता १९ चैत्र २०८१, मंगलवार ०९:२२
अदालतमा मुद्दा छँदै निलम्बित सांसद पद फुकुवाको प्रयास गर्दै रवि

काठमाडौं । रास्वपा सभापतिको भूमिकामा फर्किएलगत्तै रवि लामिछानेले मंगलबार सभामुख देवराज घिमिरेसँग भेट्दै छन् । बिहान १० बजे सभामुखको कार्यालय सिंहदरबारमा भेट हुने कार्यक्रम रहेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै उनले सभामुख घिमिरेलाई भेट्न लागेका हुन् । प्रतिनिधिसभा सदस्य पद् निलम्बनमा रहेकाले फुकुवाको माग गर्दै लामिछानेले सभामुखलाई भेट्न लागेको रास्वपाका एक नेताले बताए । सभामुखसँग निलम्बन फुकुवाको प्रक्रियाअगाडि बढाइदिन उनले आग्रह गर्नेछन् । लाछिानेसँगै सभामुखलाई भेट्न रास्वपाका अन्य सांसद पनि जाने भएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रविको सांसद पद निलम्बन भएको थियो । उनीविरुद्ध अहिले पनि विभिन्न अदालतमा मुद्दा विचाराधीन छ । कास्की, रुपन्देही, काठमाडौं र चितवन अदालतले उनलाई धरौटीमा मात्र छाडेको हो । अझै पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारी ठगीको मुद्दा चलाइएको छैन ।

रविले चार जिल्लामा आफूप्रति अन्याय भएको भन्दै जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालतहरूमा निवेदन दिएका छन् । उनले हालेका कुनै पनि निवेदनको पेसी तोकिएको छैन ।