‘न्यु इयर इभ एट जर्मन होम्स’ रामकृष्ण ढकालले प्रस्तुति दिने

‘न्यु इयर इभ एट जर्मन होम्स’ रामकृष्ण ढकालले प्रस्तुति दिने तरुण खबर २१ चैत्र २०८१, बिहीबार १०:११
‘न्यु इयर इभ एट जर्मन होम्स’ रामकृष्ण ढकालले प्रस्तुति दिने

काठमाडौं । नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ। गायक रामकृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ रामकृष्ण ढकाल’ नाम दिइएको छ । कार्यक्रममा अन्य चलचित्र कलाकारहरूको पनि प्रस्तुति रहने छ ।

चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राति १२ बजेसम्म चल्नेछ। कार्यक्रमलाई नेपालकै चर्चित उद्घोषिका रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । ‘न्यु इयर इभ एट जर्मन होम्सुमा सांगीतिक कार्यक्रमको साथसाथै कमेडी, साल्सा नृत्य र डी।जे सेसन पनि रहने बताइएको छ ।

न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्घाटन समेत रहेको कार्यक्रममा करिब १५ सयदेखि दुई हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ। ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा सहभागिता जनाउन यही चैत २२ गते बाट खल्ती एप मार्फत टिकट वुकिङ्ग गर्न सकिनेछ भने डोर सेलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुने मध्यबाट एक जनाले थाइल्यान्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन् ।

जर्मन होम्समा आयोजना हुने यो विशेष कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ । २०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नको लागी भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल इभेन्ट भेन्युका सञ्चालक एवं कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिए ।