भाटभटेनीबाट महँगा ब्रान्डका ह्विस्की चोर्ने रास्वपाका पीएचडीधारी नेता

भाटभटेनीबाट महँगा ब्रान्डका ह्विस्की चोर्ने रास्वपाका पीएचडीधारी नेता तरुण खबर २१ चैत्र २०८१, बिहीबार १०:२३
भाटभटेनीबाट महँगा ब्रान्डका ह्विस्की चोर्ने रास्वपाका पीएचडीधारी नेता

काठमाडौं । चैत १५ गते राजावादीहरुको प्रदर्शनमा भाटभटेनी सुपरस्टोर्समा लुटपाट गर्नेमध्येका एक राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिसमेत छन् ।अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत रहेका राजकुमार राई रास्वपाका खोटाङ जिल्ला सभापति हुन् ।
राईले चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
खोटाङको राउवाबेसी गाउँपालिका–१ बस्ने राईलाई पक्राउ गरिएको परिसरको विज्ञप्तिमै उल्लेख छ । भ्रष्टाचार निर्मूल गर्ने शक्तिका रुपमा चिनाउँदैआएको रास्वपाका पीएचडीधारी जिल्ला सभापति राई नै मदिरा चोरी गर्न लागेको भिडियो र फोटो सार्वजनिक भइसकेपछि सो पार्टीका नेताहरुले मुख देखाउन नसक्ने अवस्था उत्पन्न भएको छ ।
चैत १५ गते भाटभटेनी लाुटपाट गराउन भीडलाई उत्तेजित पार्ने कामसमेत उनैले गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरी स्रोत बताउँछ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले राईसहितका भाटभटेनी लुटपाट गर्नेहरुलाई बुधबार सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।