तरुण सम्वाददाता
२ बैशाख २०८२, मंगलवार १९:२६
काठमाडौं । काठमाडौंको कपुरधारामा बस्दै आएका अभिनेता राजेश हमाल बुढानिलकण्ठ सरेका छन् । हमाल दम्पती नयाँ वर्षको अवसर पारेर सोमबार बूढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा बनाएको आलिशान बंगलामा सरेका हुन् ।
पुरानो घर भत्काएपछि केही महिना बूढानीलकण्ठमै भाडामा बस्दै आएका साइत जुराएर घर प्रवेश गरेका हुन् । राजेशले आफ्ना समर्थकहरुलाई नयाँ घर देखाएका छन् । मंगलबार फेसबुकमा भिडियो पोस्ट गर्दै उनले घरको संरचना र इन्टेरिएर डिजाइन सार्वजनिक गरेका हुन् ।
हमालले घर निर्माणमा मात्रै १६ करोडभन्दा बढी खर्च गरेको चर्चा छ । सार्वजनिक भिडिओमा पनि घरको बाह्य संरचना र भित्रको डिजाइन निकै आकर्षक देखिन्छ । उनले अहिलेसम्म आफूले कमाएको सबै सम्पत्ति नयाँ घरमा खर्चेका छन् । राजेश चाँडै ‘नरसिंहा अवतार’ चलचित्रमा देखिँदै छन् ।


