कांग्रेस रिसाएपछि एमालेले बोलायो सचिवालय बैठक

कांग्रेस रिसाएपछि एमालेले बोलायो सचिवालय बैठक तरुण खबर २१ बैशाख २०८२, आईतवार १२:१९
कांग्रेस रिसाएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । शनिबार नै नेपाली कांग्रेसले पनि संसद् भवन, नयाँ बानेश्वरमा संसदीय दलको बैठक आयोजना गरेको थियो । कांग्रेस बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्को आलोचना भएको थियो ।

एमालेले संयुक्त सरकारको भावनाविपरीत एकपक्षीय रुपमा नीति तथा कार्यक्रम तयार पारेको आरोप कांग्रेसी सांसदहरुको छ । यद्यपि बैठकले रचनात्मक सुझावसहित नीति तथा कार्यक्रमलाई समर्थन दिने निर्णय गरेको छ ।

सत्तारुढ एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । शनिबार संसदीय दलको बैठक राखेको एमालेले भोलिपल्टै सचिवालय बैठक डाकेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमलाई संसद बैठकमा पूर्ण रुपले समर्थन गर्न सांसदहरुलाई निर्देशन गरेका थिए ।

आइतबार दिउँसो २ बजे पार्टी मुख्यालय, च्यासलमा बस्ने एमाले केन्द्रीय सचिवालय बैठकमा सरकारको नीति तथा कार्यक्रम र कांग्रेसको टीकाटिप्पणीबारे छलफल हुने बुझिएको छ । बैठकमा पार्टी गतिविधिलगायत समसामयिक राजनीति र अन्य विषयमा छलफल हुने नेताहरूको भनाइ छ ।

कांग्रेस बैठकमा नीति कार्यक्रम एमालेमय भएको, एमालेका मन्त्रीहरुले कांग्रेसलाई हेपेको, प्रधानमन्त्री ओलीले सल्लाह र छलफल नै कांग्रेसका ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेकोलगायतका विषयमा सांसदहरूले प्रश्नैप्रश्न गरेका थिए । कांग्रेस रिसाएपछि ओलीले सचिवालय बैठक बोलाएका हुन् ।