भारतमा कोरोनाको तेस्रो लहरले बालबच्चा प्रभावित हुने

भारतमा कोरोनाको तेस्रो लहरले बालबच्चा प्रभावित हुने तरुण खबर २७ जेष्ठ २०७८, बिहीबार ११:२७
भारतमा कोरोनाको तेस्रो लहरले बालबच्चा प्रभावित हुने

९, जूनमा भारतमा ९३ हजार ८९६ जनाभन्दा बढी संक्रमि
काठमाडौं । भारतमा कोरोना संक्रमणको तेस्रो लहरको तयारी गरिएको छ । तेस्रो लहरमा बालबच्चाहरुलाई खतर भएकोले सरकारले कोरोनाको तेस्रो लहर शुरु नहुँदै तयारी गरिएको हो । केन्द्र सरकारले संक्रमित बच्चाको उपचारमा अपनाउनु पर्ने मापदण्ड निर्धारण गरेको छ । बच्चाको शारीरिक क्षमताका लागि केही मिनेट हिडाउनु पर्ने मापदण्डको उल्लेख गरिएको छ । एन्टिभाइरल ड्रग्स रेमडेसिविरको प्रयोग गर्न विज्ञहरुले सल्लाह दिएका छन् ।

गम्भिर विरामीका रेमडेसिविर आपातकालीन प्रयोगका सिफारिस गरिएको छ । रेमडेसिविरको १८ वर्षदेखि कमका बालबालिका लागि प्रयोग गर्न हुँदैन । कोरोना संक्रमित बच्चाको अक्सिजन लेवल ९४ भन्दा कम भयो भने तुरुन्तै अस्पताल लैजान सल्लाह दिइएको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (९, जुन) मा १९ लाख ८५ हजार ९६७ जनाको नमुना परीक्षण गर्दा ९३ हजार ८९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

८, जुनमा १८ लाख ७३ हजार ४८५ जनाको नमुना परीक्षण गर्दा ९१ हजार २२७ जना कोरोना भाइरस संक्रमक थपिएका थिए । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (९, जुन) मा कोरोनाभाइरस संक्रमणबाट ६ हजार १३८ जनाको निधन भएको छ । ८, जुनमा कोरोना संक्रमणबाट २ हजार २१३ जनाको मृत्यु भएको थियो । नेपाली समय अनुसार जेठ २७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९१ लाख ८२ हजार ७२ जना छन् ।

भारतमा २ करोड ७६ लाख ३८ हजार ९०२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ८३ हजार ४७५ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ २७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ५९ हजार ६९५ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।