राेहित शर्मापछि विराट कोहलीले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

राेहित शर्मापछि विराट कोहलीले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा तरुण संवाददाता २९ बैशाख २०८२, सोमबार १२:२९
राेहित शर्मापछि विराट कोहलीले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । भारतीय चर्चित क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । विराटले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

‘टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू लगाएको १४ वर्ष भइसक्यो। इमानदारीपूर्वक भन्नुपर्दा, यो ढाँचाले मलाई कस्तो यात्रामा लैजान्छ भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ। यसले मलाई परीक्षण गरेको छ, मलाई आकार दिएको छ र मलाई जीवनभर बोक्ने पाठ सिकायो। सेतोमा खेल्नुमा गहिरो व्यक्तिगत कुरा छ। शान्त पीस, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैन, तर सधैंभरि तपाईंसँग रहन्छन्,’ उनले लेखेका छन् ।

टेस्ट क्रिकेटबाट सन्यास लिए पनि उनले एकदिवसीय र टी ट्वान्टी क्रिकेट भने खेल्नेछन् । यतिखेर उनी आइपिएल खेलिरहेका छन् । केही दिनअघि राेहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्यासकाे घाेषणा गरेका थिए ।