इजरायलमा नाफ्ताली बेनेटको नेतृत्वमा नयाँ सरकार बन्ने

इजरायलमा नाफ्ताली बेनेटको नेतृत्वमा नयाँ सरकार बन्ने तरुण खबर २७ जेष्ठ २०७८, बिहीबार ११:३४
इजरायलमा नाफ्ताली बेनेटको नेतृत्वमा नयाँ सरकार बन्ने

काठमाडौं । १२ वर्षपछि सत्ताबाट बाहिरिँदै गरेका इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको सरकारले आफू  सरकारबाट निस्कदै गर्दा धार्मिक राष्ट्रवादीहरुलाई मार्च निकाल्नका लागि अनुमति दिएको छ । उनी सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका छन् । मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिडले गठबन्धनको घोषणा गरेका हुन् ।  रोलक्रममा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति अनुसार पहिले दक्षिपन्थी पार्टीहरुको गठबन्धन यामिनाका नेता नाफ्ताली बेनेटको नेतृत्वमा सरकार गठन हुनेछ ।

उनी सन् २०२३ को अगस्टसम्म प्रधानमन्त्री रहने छन् । उनी न्यू राइट पार्टीका नेता हुन् । त्यसपछि लेपिड प्रधानमन्त्री बन्ने छन् । लेपिड, बेनेट र अरब इस्लामिस्ट राम पार्टीका नेता मन्सुर अब्बासले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । आउँदो आइतबार इजरायली संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ । तर प्रधानमन्त्री नेतन्याहूले भने सहमतिको सरकार बनाउने नयाँ प्रयासलाई इजरायल कमजोर बनाउने दाबी गर्दै आएका छन् ।

तर गाजामा नियन्त्रण कायम गरेको इस्लामिक समूह हमासले -याली भएमा तनावको अवस्था आउन सक्ने चेतावनी दिएको छ । गएको महीना इजरायल र प्यालेस्टाइनबिच ११ दिनसम्म चलेको हिंसात्मक भिडन्तको क्रममा कम्तीमा २४२ जना प्यालेस्टाइनी तथा १३ जना इजरायलीको ज्यान गएको थियो । यसअघि धार्मिक मार्चपास गर्न सरकारले अस्वीकार गरेको थियो ।

फेरि एकपटक तनावको अवस्था सिर्जना हुन सक्ने भन्दै मार्चका लागि स्वीकृति दिइएको थिएन । तर सत्ताबाट बाहिरिँदै गर्दा नेतन्याहूले स्वीकृति प्रदान गरेका छन् । धार्मिक मार्च बिहीबार हुनु पर्ने थियो । पूर्व निर्धारित रुट अनुसार धार्मिक राष्ट्रवादीहरुको ¥याली जेरुशेलमको मुस्लिम क्वाटर हुँदै जाने थियो । तर प्रहरीले सो रुट खारेज गरेको छ । अब आउँदो मंगलबार सो ¥याली हुने भएको छ ।