तरुण खबर
२७ जेष्ठ २०७८, बिहीबार ११:३८
फ्रान्समा चुनावको प्रभाव
काठमाडौं । फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला गालामा चड्कन हानिएको छ । सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए । त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हानेको देखिन्छ । लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई नै तानेर लैजान्छन् ।
त्यो दृष्य भिडियोमा देखिन्छ । उनी तीन वर्षअघि भएको निर्वाचनमा राष्ट्रपतिमा विजयी भएका थिए । माक्रोनले झण्डै ६५ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी मारिन ल पेनले करीब ३५ प्रतिशत मात्रै मत पाएका थिए । ३९ वर्षीय माक्रोनले फ्रान्सको सबैभन्दा कान्छो राष्ट्रपतिको इतिहास रच्नु रचेका थिए । गत २३ अप्रिलमा भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दाबढी मत नल्याएपछि सबैभन्दा बढी मत प्राप्त गर्ने माँक्रोन र पेनले दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ । घटनापछि बोल्दै राष्ट्रपति माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन् । उनले अगाडि भने– हामीले अति हिंसक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन्, उनले एक पत्रिकालाई भनेका थिए । उनले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गरेका छन् । माक्रोँका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन् ।
फ्रन्सको जनसंख्या ६ करोड ५४ लाख ८ हजार ७१५ छ । कुनै कोरोना संक्रमणबाट प्रभावित मुलुक फ्रान्समा अहिलेसम्म १ लाख १० हजार १३७ कोरोना संक्रमणबाट मृत्यु भएको छ । अर्को वर्षको चुनावमा माक्रोँको सम्भावित प्रतिस्पर्धी लोकप्रियतावादी नेतृ मारिन ल पेनले राष्ट्रपति विरूद्धको हिंसा अस्वीकार्य रहेको बताइन् । एकजना कनिष्ठ आन्तरिक मामिला मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन प्रत्येक फ्रान्सेली जनतामाथिको चड्कन भएको बताएका छन् ।
माक्रोँलाई चड्कन हान्ने पुरुषले ’मोँजुवा सान्ट डेनी’ भनेर चिच्च्याएका थिए । त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ । चड्कन हानेको घटनापछि राष्ट्रपति माक्रोँ फेरि घटनास्थलमा पुगेर त्यहाँ रहेका मानिसहरूसँग हेलमेल गरिरहेको भिडिओमा देखिन्छ । हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन । स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ । चड्कन हान्ने घटना लगत्तै त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षा अधिकारीहरू परिचालित भएका थिए ।


