स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै नेपाल

स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै नेपाल तरुण संवाददाता २५ जेष्ठ २०८२, आईतवार १०:३४
स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आइतबार स्कटल्यान्डसँग खेल्दैछ। लिग २ को चौथो शृंखलामा नेपालले आज तेस्रो खेल स्कटल्यान्डसँग खेल्ने लागेको हो।

खेल नेपाली समयअनुसार पौने ४ बजे स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा सुरु हुनेछ। यसअघिका दुवै खेल जितेकाले स्कटल्यान्ड र नेदरल्यान्ड्स दबाबमा छन्।

पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। नेपाल अंक तालिकामा हाल नेपाल सातौं स्थानमा छ।

नेपालले १४ खेल सक्दा १० अंक जोडेको हो। स्कटल्यान्ड भने १८ खेलिसक्दा १० खेलमा जित ६ हार र दुई खेलमा पराजित हुँदा २२ अंक जोड्दै चौथो स्थानमा छ। यसपछि नेपालले नेदरल्यान्डसँग एक दिवसीय खेल खेल्नेछ ।