रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी तरुण संवाददाता ३ असार २०८२, मंगलवार १२:०७
रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

काठमाडौं । फरार भनिएका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा हाजिर भएका छन्। तीनकुने घटनामा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि फरार रहेका मिश्र मंगलबार हाजिर भएका हुन्।

मिश्रको थुनछेकका लागि बयान सुरु भएको छ। न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान भइरहेको छ। राप्रपा महामन्त्री धवलशमशेर जबरा सोमबार तीन लाख धरौटीमा छुटेका थिए । राणा धरौटी छुटेपछि सोही मुद्दाका प्रतिवादी मिश्र पनि अदालतमा आफैं उपस्थित भएका हुन् ।
गत जेठ ११ मा मिश्रविरुद्ध चारवटा मुद्दामा अभियोजन गरिएको थियो । मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो । तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए ।

पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्कविहीन हुँदै आएका थिए । अदालतमा उपस्थित नभएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको थियो ।