एसइइ परीक्षामा ६१.८१ प्रतिशत ग्रेडेड

एसइइ परीक्षामा ६१.८१ प्रतिशत ग्रेडेड तरुण संवाददाता १३ असार २०८२, शुक्रबार २०:१३
एसइइ परीक्षामा ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा २०८१ (एसइइ) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए ।

नतिजाअनुसार नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये जिपिए ३.६ देखि ४ सम्म ४८ हजार १७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१ हजार ३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म चार हजार १२६ जना, जिपिए १.६ देखि २.० सम्म आठजना छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

बोर्डले एसइईको नतिजा ९० दिनभित्र अर्थात् ७ असारमा प्रकाशन गर्ने जनाएको थियो। तर, शिक्षक आन्दोलनका कारण एक साता ढिलाइ भएको हो। गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।